पृष्ठभूमि

पृष्ठभूमी

संक्षिप्त परिचय

प्रदेश सरकार मन्त्रिपरिषदको मिति २०७८/१0/२३ गतेको निर्णयानुसार साविक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विभाजन भई पर्यटन तथा संस्कृति मन्त्रालयको स्थापना भएको हो।यस मन्त्रालय अन्तर्गत पर्यटन विकास आयोजना¸ विराटनगर, पर्यटन कार्यालय¸ धरान र काँकडभिट्टा र प्रदेश संग्रहालय¸ धनकुटा रहेका छन्।पर्यटन¸ भाषा¸ संस्कृति¸ कला¸ लिपि¸ सम्पदा संरक्षण¸ संग्रहालय तथा अभिलेखालय व्यवस्थापनसँग सम्बन्धित कार्यहरु यस मन्त्रालयको कार्यक्षेत्र भित्र पर्दछन्।

विश्वको सबैभन्दा अग्लो भूभाग सगरमाथा लगायत कञ्चनजंघा¸ल्होत्से¸मकालु¸चोयु यसै प्रदेशमा पर्दछ। होचो भूभाग केचनाकवल¸ पाथिभरा¸ फुङफुङे झरना¸ माईपोखरी¸ अरुण उपत्यका¸ नमस्ते झरना¸ हलेसी महादेव¸ स्याङबोचे¸ पोकली झरना¸कोशिटप्पु बन्यजन्तु आरक्ष¸ बराह क्षेत्र¸ तालतलैया¸ बासबारी सिमसार पर्यटन पूर्वाधार केन्द्र लगायतका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु रहेका छन्। यसैगरी नेपाल सरकारले प्रमुख पर्यटकीय गन्तव्यस्थलको लागि पहिचान गरेका १०० वटा स्थान मध्ये १६ वटा (तिङबुङ पोखरी¸गुरु फाल्गुनन्द सर्किट¸ फिक्कल-कन्याम-श्रीअन्तु सर्किट¸ तिनजुरे-मिल्के-जलजले¸ बालेश्वोर ऐतिहासिक गुफा¸ हलदे पटकेडाँडा पर्यटक ट्रेल¸ ट्याम्के डाँडा¸ बराह पोखरी¸ पाँचपोखरी¸ थोलेदम्बा डाँडा¸ उदयपुरगढी¸ सहिद नेत्रलाल पार्क¸ गौरादह कृषि पर्यटन क्षेत्र¸ अर्जुनधारा पर्यटकीय क्षेत्र¸ धनपालगडी पर्यटकीय क्षेत्र¸ पिण्डेश्वर-दन्तकाली पदमार्ग) समेत यस प्रदेश अन्तर्गत पर्दछन्।

कला, भाषा, धर्म, संस्कृति, प्राचिन तथा ऐतिहासिक सम्पदा नेपालको मौलिक राष्ट्रिय पहिचान हुन्। यस प्रदेशमा नेपाली, मैथिली, लिम्बू, थारू, तामाङ, मगर¸ वान्तवा¸ राई¸ नेवार¸ चाम्लिङ¸ शेर्पा¸राजबंशी¸ सन्थाल लगायत करिब१०० भन्दा बढी भाषा बोलिन्छन्। विभिन्न जातजाति, भाषा, भेषभुषा, रहन सहनका मानिसको बसोबास रहेको यो प्रदेश ऐतिहासिक, पुरातात्त्विक रसांस्कृतिक दृष्टिले समृद्ध छ।

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. प्रदेश नं. १, नेपाल.