उद्देश्य

उद्देश्य / रणनीति

उद्देश्य

  • प्रदेशलाई मुलुकको पर्यावरण अनुकूल प्रमुख पर्यटन गन्तव्यको रुपमा विकास गर्नु।
  • पर्यटकको संख्या, बसाई र क्रय दर वृद्धि गर्नु।
  • पर्यटनलाई स्थानीय अर्थतन्त्र र रोजगारीसँग आबद्ध गर्नु।
  • प्रदेशभित्रको भाषा, कला, साहित्य, तथा संगित क्षेत्रको संवर्द्धन र विकास गरी धार्मिक,भाषिक र सांस्कृतिक एकता र सद्भाव कायम गर्नु।

रणनीति

१.पर्यटकीय गन्तव्य र उपजको विकास, विविधिकरण र प्रवर्द्धन गर्ने।

२.पर्यटन सेवा सुविधाको व्यवसायीकरण गरी अन्तर्राष्ट्रिय मापदण्ड तथा मान्यता अनुरुप स्तरीकरण गर्ने।

३. पर्यटकीय ब्राण्डिङ गरी विश्वमा प्रदेशको प्रचारप्रसार गर्ने ।

४. पर्यटकीय सेवा सुविधाको वृद्धि गरी पर्यटनलाई स्थानीय अर्थतन्त्र र रोजगारीसँग आवद्द गर्ने।

५. पर्यटकीय विकासमा पछि परेको तर सम्भावना राम्रो भएको क्षेत्रको पहिचान र विकासमा जोड दिने।

६. संस्थागत व्यवस्था, समन्वय र सहकार्य गर्ने।

७. भाषा, लिपी, संस्कृति कला तथा धार्मिक सम्पदाको संरक्षण र संवर्द्धन गर्ने ।

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. प्रदेश नं. १, नेपाल.