मा. खिनु लङ्वा लिम्बु

मा. खिनु लङ्वा लिम्बु (मन्त्री)

माननीय पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुज्यूको संक्षिप्त परिचय

माननीय पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुको जन्म पिता विर्ख बहादुर लङ्वा लिम्बु तथा माता स्व. फवरानी कन्दङ्वा लिम्बुको कोखबाट वि.सं. २०२७ साल भदौ २९ गते इलाम जिल्लाको साविक पशुपतिनगर गा.वि.स. हाल सूर्योदय नगरपालिका वडा नं. ३¸ रुङ्गसुङ्गमा भएको हो।

 वि.सं. २०३८ सालबाट राजनैतिक जिवन सुरुवात पश्चात उहाँले अ.ने.रा.स्व.वि.यू. एकताको पाचौं प्रारम्भीक कमिटी साथै जिल्ला कमिटी सदस्य तथा अध्यक्ष¸ अखिल नेपाल महिला संघ जिल्ला अध्यक्षका साथै पार्टीको जिल्ला कमिटी¸ अञ्चल कमिटी¸ राष्ट्रिय परिपद सदस्य¸ प्रदेश कमिटीमा रही काम गरिसक्नुभएको छ।

मन्त्री लिम्बु नेकपा (एकिकृत समाजबादी) को केन्द्रिय कमिटी सदस्य हुनुहुन्छ। वि.सं. २०७४ सालमा भएको प्रदेश सभा प्रदेश नं. १ को निर्वाचनमा इलाम जिल्ला निवाचन क्षेत्र नं. १(१) बाट निर्वाचित हुनुभएको हो।

उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनका साथै महिला तथा पछाडि पारिएको बर्ग¸ समूदायको विकास र उत्थानका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ।